मङ्लबार, बैशाख २५, २०८१

गल्फ च्याम्पियनसिपमा नेपाली खेलाडीले नयाँ किर्तिमान कायम गर्ने एनओसी अध्यक्ष श्रेष्ठको विस्वास

काठमाडौं कात्तिक १३,
१३ औं दक्षिण एसियाली खेलकुद साग का दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ र युवराज भुजेलले दुवईमा आयोजना हुने एसिया प्यासिफिक च्याम्पियनसिपमा भाग लिने भएका छन् । एसिया प्यासिफिक गल्फ महासंको निमन्त्रणमा सुवास र युवराज त्यसतर्फ जान लागेको हुन् । कात्तिक १७ गते देखि २० गते सम्म आयोजना हुने च्याम्पियनसिपमा भाग लिन उनीहरु आइतबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल गल्फ संघले जनाएको छ ।

संघको तर्फबाट शनिबार उनीहरुलाई विदाई गर्दै संघीय सांसद समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, संघका अध्यक्ष तासी घले र गल्फको राष्ट्रिय टोलीको प्रायोजक केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले खेलाडीलाई विदाई गर्नुभएको थियो । विदाइ कार्यक्रमलाइ सम्बोधन गर्दै एनओसी अध्यक्ष श्रेष्ठले १३ औं सागमा गल्फले स्वर्ण पदक जित्दै नेपाली खेलकुदमा शुरुवात गरेको नयाँ  अध्यायलाइ एसिया प्यासिफिक गल्फ च्याम्पियनसिप मार्फत नेपाली खेलाडी सुवास र युवराजले थप विस्तार गर्ने विस्वास व्यक्त गनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930