मङ्लबार, बैशाख १८, २०८१

बाढीपहिरोका र डुबान कारण मृत्यु भएकालाई आर्थिक सहयोग संगै सवै घाइतेको निःशुल्क उपचार गर्ने मप बैठकको निर्णय

काठमाडौं कात्तिक ३,
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोका र डुबान कारण मृत्यु भएकालाई दुईलाख आर्थिक सहयोग दिने निर्णयसंगै सवै घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले एका घरका एक जनाको मृत्यु भएको भए दुई लाख, र सोभन्दा बढीको मृत्यु भएको भए प्रति मृतक एक लाखका दरले थप सहयोग गर्ने निर्णय संगै राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय समेत गरेको छ।

त्यस्तै घर भत्किएकाहरूका लागि तत्काल टहरा बनाउन ५० हजार रूपियाँ र पछि घर निर्माणका हिमाली भेगमा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रूपियाँ उपलब्ध गराउने निर्णय संगै जग्गा जमिन समेत गुमाएको हकमा भने जमीन खरिदका लागि प्रतिपरिवार ३ लाख रूपियाँ उपलब्ध गराउने वा सामूहिक घरको व्यवस्था गर्ने कार्यविधि तय गरेको छ।