बिहिबार, बैशाख १३, २०८१

बाढी, पहिरो र डुबानमा परी ५८ को मृत्यु , २६ वेपत्ता

काठमाडौं कात्तिक ३,
अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरी जम्मा ५८ जनाको मृत्यु भएको हो ।

साथै प्रदेश नम्बर  १ मा १४ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १५ जना घाइते भएका छन् । त्यस्तै बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा २६ जना वेपत्ता भएको र उनिरुको खोजी कार्य जारी रहेको जनाएको छ ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने देखि विभिन्न स्थानको बाटो भएको अवरोध अटाउने काम समेत राज्यका विभिन्न् निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्दै गरेको जनाएको छ ।