बुधबार, बैशाख २६, २०८१

प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक हुन सक्दैन : पूर्वराजा शाह

काठमाडौं  असोज २७ ,
बडादशैंको अवसरमा सन्देश दिदै पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालजस्तो मुलुकमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने बताउनुभएकोछ ।

त्यस्तै आफ्नो शुभकामना सन्देशमा पूर्वराजा शाहले कुनै पनि परिवर्तनको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्ने पर्ने भन्दै उनले प्रश्न गरेका हुन् । सन्देशमा भनेका छन्, ‘कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तर सम्बन्धित हुने गर्दछ । दुर्भाग्यबस शिक्षा तथा स्वास्थ्यको व्यापारिकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सीमित व्यक्तिलाई फाइदा पुर्‍याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निरासाको बादल छाएको छ । जिकि गनुभएको छ।

https://www.facebook.com/phanir.pathak.3/videos/605089480927212

त्यस्तै हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन । तर हाम्रो राजनीतिक र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेन । लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनु पर्ने हो । तर राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको बताउँदै ‘अतितका गौरवपूर्ण विधि व्यवस्थालाई सम्झेर विद्यमान नमिल्दा स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति, राज्य व्यवस्थाका सबै कृयाशिल शक्तिहरुबाट सहि सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभुति हो भन्ने हाम्रो धारणा छ । देशभन्दा माथि हामी कोही पनि नरहेको उल्लेख गनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930