बिहिबार, चैत्र १५, २०८०

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु

काठमाडौं  असोज २७ ,

            महोत्तरी, बर्दिबास नगरपालिका-४ पन्चधुरा मन्दिर जाने गेट अगाडि सडकमा प्रदेश २-०१-००२ प ०५९७ नम्बरको मोटरसाइकल र ज.१२ प २९६१ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्रदेश २-०१-००२ प ०५९७ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने २८ वर्षीय बिजय कुमार महतो र ज. १२ प २९६१ नम्बरको मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका-३ बस्ने २७ वर्षीय सुरज तामाङ रहेका छन् । बिजयको शुभ स्वस्तिक अस्पताल र सुरजको रामजानकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी महोत्तरी, जलेश्वर नगरपालिका-९ परकौली ब्यारेक अगाडि सडकमा अन टेष्ट लेखिएको मोटरसाइकल मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-११ पिगौना बस्ने ५० वर्षीया रेखा देवी ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको रामजानकी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो

  दाङ, लमही नगरपालिका-४ बनगाउँस्थित सडकमा ना.७ ख ३१७९ नम्बरको बसको ठक्करबाट पैदलयात्री राप्ती गाउँपालिका-४ बस्ने सन्दिप चौधरीको ४ वर्षीय छोरा दुर्गा प्रसाद चौधरीको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फ्लोरेन्स अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  सुनसरी, ईटहरी उपमहानगरपालिका-५ पचरुखी चोकस्थित सडकमा ना.४ ख २९२४ नम्बरको ट्रकले प्रदेश १-०२-००३ ह १४३६ नम्बरको सिटी सफारी र प्रदेश नम्बर ३-०१-०२४ च ९७२२ नम्बरको कारलाई मंगलबार राति ठक्कर दिँदा सिटी सफारीमा सवार ईटहरी उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय ईश्वर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार र सिटी सफारीमा सवार ६ जनामध्ये ५ जनाको नोबेल अस्पताल विराटनगर र १ जनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको   छ ।

बैतडी, दोगेडाकेदार गाउँपालिका-३ तारल सडकमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट अन्दाजी १ सय मिटर तल खसेर गएराति दुर्घटना हुँदा ट्याक्टर चालक डिलासैनी गाउँपालिका-३ बस्ने २३ वर्षीय योगेश पालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चितवन, खैरहनी नगरपालिका-८ स्थित सडकमा प्रदेश ३-०३-००१ प ८४८० नम्बरको मोटरसाइकल र प्रदेश ३-०३-००२ प ४८५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्रदेश ३-०३-००१प ८४८० नम्बरको मोटरसाइकल चालक खैरहनी नगरपालिका-८ बस्ने ४५ वर्षीय चन्द्र बहादुर तिमल्सिना र अर्को मोटरसाइकलका चालक सोही नगरपालिका-९ बस्ने २१ वर्षीय शुसान्त भण्डारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी चितवन, ईच्छाकामना गाउँपालिका-६ कालिखोलास्थित सडकमा प्रदेश ३-००१ प ९००० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक नवलपरासी प्रतापपुर गाउँपालिका-१ बस्ने ४८ वर्षीय शिबनारायण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मृतकको श्रीमती ३५ वर्षीया सन्जु चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका-१८ लाहुरे चोकमा बा.७ च ७९७६ नम्बरको कार र ना.५० प ७४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२६ बस्ने २५ वर्षीय शिबु बास्तोलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका-२६ बस्ने २० वर्षीय बिनोद चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।  कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया, बाँसगढी नगरपालिका-८ लक्ष्मणा चोकस्थित सडकमा ना.४ ख ९५७४ नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-८ रेशमटोल बस्ने सागर परियारको छोरा १३ वर्षीय गणेश परियारको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, भद्रपुर नगरपालिका-४ रंगेडाडामा मे.१ ख १६६३ नम्बरको सेफ्टी टेयाङ्कीको गाडीको ठक्करबाट साईकलयात्री भद्रपुर नगरपालिका-६ बस्ने ६० वर्षीय महेश सिंह राजवंशीको बुधबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।