मङ्लबार, बैशाख २५, २०८१

गगनको प्रम देउवालाइ प्रश्न कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको ?’

गैह्रसांसद हमाललाई उद्योगमन्त्रीमा नियुक्त गरिएको प्रकरणको सर्वत्र विरोध

काठमाडौं असोज २३ ,
शुक्रवार भएकोनेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार विस्तारको क्रममा गैह्रसांसद गजेन्द्र हमाललाई उद्योगमन्त्रीमा नियुक्त गरिएको प्रकरणको सर्वत्र विरोध भइरहदा काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने बताउनुभएको छ ।

नेता थापाले शनिबार ट्वीटर एकाउण्ट मार्फत हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै होरुलोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र पुग्दैन।त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँछ।नत्र कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेकोरु भन्दै पार्टी सभापति देउवाको रवैयाप्रति तिव्र आक्रोस व्यक्त गरेका छन ।

नेता थापको प्रस्तुत अभिव्यक्तिसंगै पछिल्ले समय प्रम देवाको सरकारी निवास बालुवाटारमा मात्र नभइ सर्वत्र हलचल मच्चिएको हो ।
छ । स्मरण रहोस यसअघि सरकार विस्तारको क्रममा सर्वोच्चका प्रधानान्यायाधीश चोलेन्द्रशमशेर जबराले कोटा मागेको समाचार प्रकाशन भएसंगै वववादित भन्दै आएको प्रसंगलाइ पूर्णता दिदै प्रम देउवाले हमाल पुराना र आफु निकट नेता भएको जनाउ दिदै घुमाउरो वाटोबाट प्रधानन्यायाधीस राणाका ज्वाईलाई नै मन्त्रीमा नियुक्त गरेपछि मुद्धा थप पेचिलो बनेको हो ।

यसैवीच उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गजेन्द्र हमाल प्रधान्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै कानूनविद्हरुले आपत्ति जनाएका छन् ।शनिवार रिपोर्टर्स क्लव नेपालमा भएको कार्यक्रममा कानूनविद्हरुले आम जनताले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधान्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै प्रश्न उठाएको हो ।

कल्वको साक्ष्त्कार कार्यक्रममा कानूनविद् दिनेश त्रिपाठी ,नेपाल वार एशोसिएशनका कोषाध्यक्ष रुद्र पोखरेल , कानूनविद् मुक्ति प्रधान लगायतका वक्ताले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले न्यायपालिकाको गरिमा माथिनै आँच पुर्याउँदै निकम्मापूर्ण काम गरेको बताउनुभयो । त्यस्तै उहाँले प्रधानन्यायाधीशको यो कदम लोकतन्त्रमाथिकै खतरा भएको भन्दैयस्तो बदनियत कदमविरुद्ध अब चुप लागेर बस्ने बेला नरहेको बताए । त्यस्तै कानूनविद् प्रधान र पोखरेलले प्रधान्यायाधीशले गजेन्द्र हमाललाई आफ्नो कोटाबाट मन्त्री बनाएकोबारे प्रष्ट जवाफ दिनुपर्ने बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930