शुक्रबार, बैशाख १४, २०८१

महानगर वडा न. २२ मा ग्वाहाली दबूको रक्तदान

काठमाडौ असोज २३ ,
वडा दशैँको शुअवसरमा शुभकामना आदान प्रदान सहित यसवीचमा हुन सक्ने रक्तभावको समस्यालाइ दृष्टिगत गर्दै काठमाडौं महानगर वडा न २२स्थित २२ वडा ग्वाहाली दबूले वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

एकातर्फ कोभिड कहरको जोखिम अर्को तर्फ दशैँको चटारोकावीच पनि मानवीय सेवा आफ्नो साझा दायित्व भएको र चाडवपर्वको व्यस्ताकावीच कोहि कसैले पनि रक्तभावका कारण मृत्यु वरण गर्न नपरोस भन्ने पवित्र लक्ष्य सहित दबूले रक्तदान कार्यक्रमको आयोजना गरेको सल्लाहकार मनोज शाहले जानकारी दिनुभयो ।

त्यस्तै  वडा न २२ का अध्यक्ष चिनकाजी महर्जनको प्रमुख आतिथ्यता एव दबुका अध्यक्ष रचितशंकर श्रेष्ठको सभापतित्वमा सम्पन्न् उक्त रक्तदान शिविरबाट ४२ पिण्ट रक्तसंकलन गरिएको समेत उहाँले बताउनुभयो ।