शुक्रबार, बैशाख ७, २०८१

मनमोहन स्मृति सामुदायिक अस्पताललाइ महानगरको रु १५ लाख सहयोग

काठमाडौं असोज २३ ,
काठमाडौं महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि रु १५ लाख सहयोग गर्ने भएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितीमा महानगरको तर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालको तर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले सहयोग पत्रमा हस्ताक्षर गरेका हुन्।

त्यस अवसरमा महानगर प्रमुख शाक्यले रोग निवारणको अचुक औषधि भनेको आत्मविश्वास पनि भएको बताउँदै चिकित्सक र बिरामी दुवैको आत्मविश्वास बढाउनका लागि महानगरले् नगर साझेदारी कार्यक्रमअन्तर्गत यस किसिमको सहयोग गरिएको बताउनुभयो ।

साथै उहााले यसअघि दक्षिणकाली मन्दिर क्षेत्रको सुधारका लागि र सार्वजनिक ठाउँमा हरियाली पार्क निर्माणका लागि रु १ १ करोड महानगरले
सहयोग गरिसकेको जानकारी समेत दिनुभयो । त्यस्तै अस्पतालका कार्यवाहक अध्यक्ष शाहीले महानगरको सहयोगप्रति आभार व्यक्त गर्दै अस्पतालको क्षमता विकास भएसंगै काठमाडौँ, ललितपुर र मकवानपुरका बिरामीलाई उपचारमा सहज हुने बताउँनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930