मङ्लबार, बैशाख २५, २०८१

निलम्बित सहसचिव शर्मासंग ५०लाख धरौटी माग

काठमाडौं असोज ११,
कर फर्छ्यौट आयोगका सदस्य सचिव हुँदा आयोगको तर्फबाट विभिन्न व्यवसायीहरुलाई जथाभावी कर छुट दिदै राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ नोक्सान गरेको अभियोगमा भ्रष्टाचारको मुद्धा खेपिरहेको निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानी नोक्सानी पुर्‍याई बदनियतपूर्ण काम गरेको सप्रमाण भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतमा उपस्थित शर्मासंग विशेष अदालतमा अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बयान लिएसंगै शर्मासँग विशेष अदालतले ५० लाख धरौटी माग गरेको छ । शर्माको बयानपछि न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलाशले शर्मालाई ५० लाख धरौटी माग्ने आदेश गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031