मङ्लबार, बैशाख ४, २०८१

१ हजार २८२ जनामा कोभिड संक्रमण पुष्टि ,७ को मृत्यु

काठमाडौं असोज ११,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ४८८ जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा पिसिआर तर्फ ९७५ र एन्टीजेनतर्फ ३०७ जना गरि १ हजार २८२ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएकोछ ।

त्यस्तै देशभरबाट १हजार २६२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। ७ जना संक्रमितले ज्यान गुमाएको जनाएके छ। साथै देशभर रहेका १८ हजार ८४८जना सक्रिय संक्रमित मध्ये ३८५ जनाको आइसियुमा र १२५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएके छ।