बिहिबार, बैशाख ६, २०८१

मन्त्रिपरिषद बैठक : समाज कल्याण परिषदका पदाधिकारीहरुको राजीनामा स्वीकृत

विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय संगै गोरखापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा सुवेदी नियुक्त

काठमाडौं असोज ११,

सोमवार बसेको मन्त्रिपरिषदको बैठकले समाज कल्याण परिषदका पदाधिकारीहरु क्रमस उपाध्यक्ष पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी, सदस्य सचिव पुष्कर खाती, सदस्यहरु मनिराम बञ्जाडे, गोबिन्दबहादुर शाही, नानीमैया थापा, ब्रह्मध्वज गुरुङ र सुशीला ज्ञवालीले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको  भने गोरखापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा विष्णु सुवेदीलाइ नियुक्त गरेको छ  ।

त्यस्तै बैठकले रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्नुको अलावा बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

साथै उहाँले तेजाव तथा अन्य धातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संगै सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ गर्ने सम्बन्धमा बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गरेको जानकारी दिनुभयो ।

यसैवीच आजको बैठकमा राजनीतिक दलसम्बन्धी आध्यादेश फिर्ता लिने विषयमा छलफल भए पनि सो सम्बन्धमा कुनै निर्णय नभएको बताईएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031