मङ्लबार, बैशाख २५, २०८१

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं साउन १९ ,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका९३ पन्चकन्या मार्ग बस्ने ६२ वर्षीय ठाकुर प्रताप थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उच्च अदालत पाटनको २०७६ भाद्र ३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३९ लाख ९६ हजार ४ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं चक्रपथबाट पक्राउ गरेको जनाएकोछ ।

प्रहरीका अनुसार थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारी देव विकाश बैकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु