शुक्रबार, चैत्र १६, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरी अविश्वासको प्रस्ताव

काठमाडौं साउन १९ ,
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सम्वद्ध काँग्रेससहितका विपक्षी गठबन्धन दलका सांसदहरुले मङ्गलवार दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।

यसअघि काँग्रेस माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा आवद्ध विपक्षी गठबन्धन दलले नव नियुक्त प्रदेश प्रमुख अमिक शेरचन लाइ संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखसँग आग्रह गरेको थियो ।

प्राप्त जानकारी अनुसार मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्तावमा ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षर रहेको अलावा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको बताइएकोछ ।