मङ्लबार, बैशाख २५, २०८१

चिकित्सालयलाइ आवश्यक सहयोग गर्न प्रतिवद्ध छुं : मन्त्री श्रेष्ठ

  • अनुप प्रधान

काठमाडौं जेठ २९
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले राजधानीको क्षेत्रपाटीस्थित निशुल्क चिकित्सालयले कोभिड महामारीको समयमा प्रवाह गर्दै आएको स्वास्थ्य सेवाको प्रशंसा गर्दै चिकित्सालयलाइ आवश्यक सहयोग गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।

त्यस्तै मन्त्री श्रेष्ठले राजधानीको ‘कोर’ बस्तीमा रहेको सो चिकित्सालयको सेवा प्रवाहलाई अझ चुस्त बनाउन आवश्यक सहयोग गर्ने बताउदै विदेशबाट आएको स्वास्थ्य सामग्री पाउने नेपाल सरकारको सूचीमा चिकित्सालयको नाम प्रष्ट रुपमा लेखिएको जानकारी दिनुभयो ।

साथै यस चिकित्सालयले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट लगायत अन्य पूर्वाधारमा सघाउन समेत सरकार सकारात्मक रहेको बताउदै पछिल्लो समय चिकित्सालयलाइ काठमाडौं महानगरपालिकाको तर्फबाट हुँदै आएको सहयोगको समेत चर्चा गर्नुभएको थियो ।

त्यस्तै चिकित्सालयका अध्यक्ष डा मनोजमान श्रेष्ठले महानगरपालिका लगायत सबैको साथ र सहयोग पाएर अस्पतालले कोभिड महामारीको समयमा जनतालाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै महामारीको समयमा धेरैको ज्यान बचाउन सफल भएको बताउनुभयो ।

साथै अस्पतालको सेवा थप प्रभावकारी बनाउन अक्सिजन प्लान्ट बनाउने, पूर्वाधार बनाउने याजना कार्यान्वयन गर्ने चरणमा रहेको जनाउँदै यसको लागि सरकारले यथासक्य सहयोग गर्ने वातावरण मिलाउन माग गर्नुभयो।

त्यसअ अवसरमा महानगरपालिकाको – २५ वडाका वडाअध्यक्ष निलकाजी शाक्य महानगरपालिका– १७ वडाका वडाअध्यक्ष नवीन मानन्धर लगायतले वोल्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031