मङ्लबार, बैशाख १८, २०८१

विवादास्पद अभिव्यक्तिप्रति आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई निर्देशन

काठमाडौं जेठ २९
नेपाली काँग्रेसको तर्फबाट बाग्मती प्रदेशसभा सदस्य रहेका नरोत्तम वैद्यले शुक्रवार प्रदेशसभाको आगामी आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी ओली लक्षित अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाइएको छ ।

प्रदेशसभा सदस्य वैद्यले प्रधानमन्त्री ओलीको हत्या गर्न आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिनुभएको थियो । स्मरण रहोस तत्कालीन भारतमा गोड्सेले भारतीय नेता महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।

प्रदेशसभा सदस्य वैद्यको प्रस्तुत अभिव्यक्तिको चौतर्फी आलोचना भएसंगै नेपाली काँग्रेस केन्द्रीय समितिको तर्फबाट प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी नै  काँग्रेस केन्द्रीय  समितको तर्फबाट   जारी   निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेतसमेत गराइएको पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा द्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै जारी विज्ञप्तिमा   काँग्रेस प्रवक्ता  शर्माले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन भन्ने प्रष्ट रहेको उल्लेख गर्दै आलोचना लोकतान्त्रिक हक भए पनि त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन नमिल्ने जारी   उल्लेख गरिएको छ।

त्यस्तै शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने विज्ञप्तिमा उल्लेख छ । हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको  उल्लेख गर्दै पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोहीबमोजिम आफूलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने विषयमा काँग्रेस प्रष्ट रहेको विज्ञप्तिमा जनाइएको छ ।