मङ्लबार, बैशाख २५, २०८१

जेठ ६ गते हुँने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पाँच दल दर्ता

काठमाडौ बैशाख १७,
निर्वाचन आयोगले वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आयोगमा दल दर्ता गराएको जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आगामी जेठ ६ गते बिहीबार हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरी प्रदान गर्ने आयोगले निर्णय गरेको जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सूर्य चिह्न र क्रम १, नेपाली काँग्रेसलाई रुख चिह्न र क्रम २, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई गोलाकार भित्र हँसिया हथौडा चिह्न र क्रम ३, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिह्न र क्रम ४ तथा नेपाल मजदुर किसान पार्टीलाई मादल चिह्न प्रदान गरिने जानकारी दिनुभयो ।

त्यस्तै प्रस्तुत निर्वाचनका लागि उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ गरी ३४८ मतदाता कामय रहेको उपनिर्वाचनका लागि तयार भएको नामावली आयोगको वेबसाइट धधध।भभिअतष्यल।नयख।लउ मा प्रकाशित रहेको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031