मङ्लबार, बैशाख १८, २०८१

बिहीबारदेखि उपत्यकामा लागू हुने निषेधाज्ञाका कारण उपत्यका छोड्नेको चाप बढ्दो

काठमाडौँ वैशाख १५,
पछिल्लो समय कोभिड संक्रमणको जोखिम उच्चरफ्तारमा बढेसंगै उपत्यकामा जारी भएको निषेधाज्ञा सँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप निकै बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यसवीचमा उपत्यका छाड्नेको सख्या निकैबढेको जानकारी दिदै बिहीबारदेखि उपत्यकामा लागू हुने निषेधाज्ञाका कारण घर फर्किनेहरूको घुइचो बढेको जानकारी दिएको हो ।

महाशाखा सम्वद्ध स्रोतका अनुसार उपत्यका भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर रहेको जनाउदै पछिल्लो डेटा अनुसार यसरी वाहिरिनेको सख्या करिव पाँच लाख पुगेको आकंल गरिएको छ ।

त्यस्तै नागढुङ्गा, भक्तपुरको जगाते, बल्खु–फर्पिङ, चन्द्रागिरि, ललितपुरको लेले, टोखा छहरे, मुड्खु, जरसिंहपौवा र रामकोटलगायतका नाकाबाट भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर पुगेको ट्राफिक प्रहरीले जनाएको छ ।