शनिबार, बैशाख ८, २०८१

बैंक तथा वित्तीय संस्थाका कर्मचारी र विवाह उत्सवको सवारीलाइ पास आवश्यक नपर्ने

काठमाडौं बैशाख १४,

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बढ्दो कोभिड संक्रमण संगै बैशाख १६ गतेबाट जारी निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्था तथा राष्ट्रबैंकबाट बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीलाइ अन्य पासको आवश्यकता नहुने जनाएको छ ।

प्रशासन कार्यालयले आज जारी अर्को सूचनामा माथि उल्लेखित संघ संस्थाले आफु कार्यरत रहेको संस्थाको परिचयपत्रका आधारमा आफूले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाउने जनाउएको हो ।

त्यस्तै विवाहमा सहभागी हुन व्यानर र दुलाह दुलही सहित १५ जनाका लागि दुईवाटा सवारी साधान प्रयोग गर्न समेत सवारी पास आवश्यक नपर्ने व्यबस्था मिलाईनुको अलावा मृत्यु संस्कार र विरामी कुरुवाको हकमा समेत व्यहोरा खुल्ने कागजातको आधारमा आवागमन गर्न दिइने व्यवस्था मिलाईएको प्रशासन कार्यालयले जनाएको छ ।