मङ्लबार, बैशाख १८, २०८१

कल बाईपासमा संलग्न रहेको अभियोगमा शाह र अन्सारी पक्राउ

काठमाडौ बैशाख ५ ,

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अवैध अन्तर्राष्ट्रिय कल बाईपासमामा संलग्न रहेको अभियोगमा चन्द्रागिरी नगरपालिका(२ बसण्डोलबाट २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत पंजाब जलान्धर सन्तोकपुरा-१ ठेगाना भएका ३१ वर्षीय राना शाह र रौतहट साविक रमौली बेरिया गाविस-६ ठेगाना भएका स्यामुल खान भन्ने ३३ वर्षीय मोसलिम मियाँ अन्सारी रहेका छन् ।

अनुमति वेगर काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा गैह्र(कानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास ९भिओआइपी० भईरहेको भन्ने सूचनाको आधारमा व्यूरोले उनीहरुलाई चन्द्रागिरी नगरपालिका(२ बसण्डोलमा कोठा भाडामा लिई अवैध अन्तर्राष्ट्रिय कल बाईपास संचालन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

साथै उनीहरुको कोठाबाट ६४ पोर्टको जीओआइपी गेटवए १ थान, १ थान ल्यापटप, सोको १ थान चार्जर, १ थान मोडियम, १ थान डेक्सटप स्विच, सोको १ थान एडप्टर, २ थान मोबाइल, १ थान पेन ड्राईभ, नेपाल टेलिकमको २ थान रिचार्ड कार्ड, मल्टी प्लग लगायतका विद्युतीय तारहरु, स्मार्ट टेलको २ थान सिमकार्ड होल्डर र स्मार्ट टेलको ९ थान रिचार्ड कार्ड प्रहरीले बरामद गरेको जनाउदै पक्राउ परेका अभियुक्त उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।