शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रियसभा सदस्यबाट मुक्त गृहमन्त्री थापा पुन: गृहमन्त्रीमा नियुक्त

काठमाडौ बैशाख ५,
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ । विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट गृहमन्त्री थापालाइ नेकपा विभाजन संगै नेकपा माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो । मुलुकको संवैधाकि व्यवस्था अनुरुप कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने दफागत व्यवस्था रहेको छ।

नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले गृहमन्त्री थापालाइ सांसदबाट मुक्त गर्न गत चैत २७ गते लिखित निवेदन पेशगरे अनुरुप राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त निवेदन आज स्वीकृत गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031