मङ्लबार, बैशाख १८, २०८१

३ हजार १८१ जनाको कोभिड परीक्षणको क्रममा ७७ जना सङ्क्रमित थपिए

काठमाडौं चैत ८,
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १८१ जनाको पीसीआर परीक्षणको क्रममा ७७ जना कोभिड सङ्क्रमित थपिएका छन् । आज थपिएका संक्रमित संगै कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ९०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै जानकारी दिएको छ।

त्यस्तै यसवीचमा १०६ जना सङ्क्रमित निको भएको र योसंगै निको हुनेको सख्या २ लाख ७१ हजार ९११ जना पुगेको पनि मन्त्रालयले जनाएको छ। साथै मन्त्रालयका अनुसार पछिल्लो डेटा अनुसार ९६९ जना सक्रिय सङ्क्रमित रहेका छनभने सङ्क्रमणका कारण मृत्यु हनेको सख्या ३ हजार १६ जना पुगेको जानकारी दिएको छ।