बुधबार, बैशाख १२, २०८१

सरकारका तर्फबाट उपचारका लागि उपलब्ध गराइने १० लाख सहयोग नलिने जोशी परिवारको निर्णय

काठमाडौं चैत ८,
गत फागुन १४ गते मस्तिष्कघात भएर गम्भीर अवस्थामा उपचाररत नेपाली कांग्रेसका नेता एवमे पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ नेता जोशीका परिवारले नलिने भएको छ ।

मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको सहयोर्थ मन्त्रिपरिषद बैठक मार्फत सरकारले १० लाख सहयोग उपलब्ध गराउने निर्णय गर्नुको अलावा सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल शुक्रबार जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुग्नुभएको थियो ।

जोशीका स्वकीयसचिव पुष्कर पाण्डेले सरकारले दिने भनेको रकम लिन जोशी परिवारले अस्वीकार गरेको जानकारी दिनुभएको हो ।