मङ्लबार, बैशाख १८, २०८१

देशभर थप १ सय १२ जना कोभिड संक्रमितको पहिचान

काठमाडौं फागुन १३,
पछिल्लो २४ घण्टामा देशभर थप १ सय १२ जना कोभिड संक्रमितको पहिचान भएका छन । देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ४ सय ११ जनाको पीसीआर परिक्षणका क्रममा थप १ सय १२ जना संक्रमितको पहिचान भएसंगै नेपालमा क्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ ।

त्यस्तै यसवीचमा देशभरबाट थप ८४ जना संक्रमणमुक्त भई घर फर्किएसंगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

त्यस्तै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या ७ सय ७० रहेको र वितेको २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको समेत मन्त्रालयले जनाएको छ ।