शुक्रबार, बैशाख १४, २०८१

संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे काँग्रेसले औपचारिक निर्णय लिने

काठमाडौं फागुन १३,
नेपाली कांग्रेसको आज बसेको पार्टीको पदाधिकारी बैठकले संसद पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे औपचारिक निर्णय लिने कार्यनिती तय गरेको छ ।

संसल पुनःस्थापनापछि विकसित राजनैतिक घटनाक्रमको विश्लेषण गर्न काँग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको हो । त्यस्तै बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थिति र यसवीचमा नेकपाको संरचना कसरी अघि बढ्छ त्यसको अध्ययन पछिमात्र  निर्णय लिनुपर्ने निष्कर्ष निकालेको हो ।