बुधबार, बैशाख २६, २०८१

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै

काठमाडौं फागुन ३,
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ । संसद विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनका कर्यक्रम अन्र्तथगत कांग्रेसले जिल्ला स्तरमा विरोधसभा आयोजना गर्न लागेको हो । त्यसो त काँग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै पुस ५ गतेदेखि नै आन्दोलन गर्दै आएको छ ।

विरोधसभाका क्रममा पार्टी सभापति शेरबहादुर देउवाले रुपन्देहीको बुटवलमा हुने विरोध सभालाई र वरिष्ठ नेता रामचन्द्र पौडेलले धादिङ र महामन्त्री डा। शशांक कोइरालाले दाङमा हुने विरोध सभालाइ सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

यसअघि संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र वडा तहमा विरोध प्रदर्शन गरिसकेको थियो । कांग्रेसले भ्रातृ संस्था र शुभेच्छुक संस्थाको संयोजनमा समेत विरोध प्रदर्शन गरिसकेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031