मङ्लबार, बैशाख १८, २०८१

केटु हिमाल आरोहण गर्ने नेपाली पर्वतारोहीलाई पूर्वराजाको बधाइ

काठमाडौं माघ १६ ,
पूर्वराजा ज्ञानेन्द्र शाहले केटु हिमाल आरोहण गर्ने नेपाली पर्वतारोहीलाई बधाइ दिएका छन् । शुक्रबार् एक विज्ञप्ति जारी गर्दै गत बर्ष मात्रै सगरमाथा हिमाल सहित ८ हजार मिटर अग्ला चौध वटा हिमाल छ दिनको समय लगाएर आरोहण गर्दै विश्व किर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जा सहितको टोलिलाइ हाल सम्म कोहि नपुगेको विश्वकै दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेकोमा बधाइ ज्ञापन गर्नु भएको हो ।

साथै उहँले जारी विज्ञप्तिमा नेपाल विश्वका अनेकौ उच्चतम हिमाल रहेको देश हो,अनि अनेकौ साहसी आरोही तथा पथप्रदर्शक र प्रेरकहरुको मुलुक भको जिकिर गर्दै विश्वकै दोस्रो अग्लो केटु हिमालको आरोहणबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्ठामा वृद्धि भएकोमा मैले सुखद अनुभूति गरेको उल्लेख गर्नुभएको छ ।