शुक्रबार, चैत्र १६, २०८०

आज शहीद दिवस, विभिन्न कार्यक्रम सहित शहीदको सम्झना गरिदै

काठमाडौं माघ १६,
मुलुकमा प्रजातन्त्र स्थापनासंगै जनताको हकाधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहीद दिवस मनाउने गरिन्छ । महानगरपालिकाको संयोजकत्वमा गठित मूल समारोह समितिले आज रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रभातफेरी गरी लैनचौरस्थित शहीद स्मारकमा गएर विशेष कार्यक्रम गर्दैछ ।

राणाशासकले शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा, शहीद धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए ।मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण शहीदको माघ १६ गते सम्झना गरिन्छ ।

यसैवीच शहीद दिवसको अवसरमा काठमाडौं काँग्रेस वडा न १९ इकाइले शहीद निर्गुण स्थापितको स्मृतिमा माल्यापर्ण कार्यक्रमको आयोजना गरेको छ । पूर्व मन्त्री एवम काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै नेता जोशीले शहीदहरुको योगदान अमुल्य रहेको बताउदै शहीद गाँथामाथि प्रकाश पार्नु भएको थियो ।

त्यस्तै आजै शहीद दिवसकै अवसरमा काँग्रेस नेता जोशी अध्यक्ष रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठानले शोभाभगवतीस्थित सहिद दशरथ चन्द र गङ्गालाल श्रेष्ठको शालिक अगाडि एक घण्टा धर्ना दिएकोे छ । शहीदको बलिदानबाट प्राप्त लोकन्तन्त्रको मर्म विपरित गरिको संसद् विघटन असंवैधानिक र सहिदको सपना विपरीत भएको ठहर सहित यसकिसिमको धर्ना दिईएको हो । धर्नामा सहभागीले शोभाभगवतीमा रहेको सहिद दशरथ चन्द र गङ्गालाल श्रेष्ठको शालिकमा फुलमाला लगाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

त्यस्तै स्थानीय प्याफटोलमा गंगा क्लवको संयोजन  एवम् काठमाडौं महानगर वडा न १९को सहयोगमास्थापना गरिएको शहीद गंगगालाल श्रेष्ठको अर्धकदको शालिक समेत एक कार्यक्रमकावीच अनावरण गरिएको छ ।

शालिक अनावरण कार्यक्रमलाइ सम्बोधन गर्दै वडा न १९का वडाध्यक्ष शशिलाल श्रेष्ठले सामाजीक रुपान्तरका लागि आजाव बुलन्द गरेकै कारण तत्कालीन जाहाँनिया शासकको कोपभाजनको शिकार भएका आदरणीय शहीद गंगालाल श्रेष्ठले मुलकका प्रजातन्त्र स्थापनका लागि पुर्याएको योगदान महत्वपूर्ण रहेको र उहाँहरुको योगदानका कारण नै आज मुलुक संघीय लोकतान्त्रिक बन्न सकेको बताउनुभयो ।त्यस्तै उहाँँले त्यस अवसरमा शहिद परिवारहरुलाइ सम्मान समेत गर्नु भएको थियो ।