काठमाडौं पुस ७,
बेलायतमा नयाँ कोभिडको संक्रमण देखा परेको खवर संगै नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन रोक लगाएको छ । प्राधिकरणले बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन सवै एयरलाइन्सहरुलाई निर्देशन सहितको सकुर्लर गरेको हो ।
प्राधिकरण सम्वद्ध अधिकारीहरुका अनुसार बेलायतमा पहिलेको भन्दा बढी संक्रमण फैलिएका कारण जारी सकुर्लरमा बुधवार मध्यरात्रीबाट अर्को सूचना नभएसम्मका लागि यो निर्णय लागू रहने उल्लेख गरिएको जनाएकोछ ।
यििवीचमा प्राप्त जानकारी अनुसार प्राधिकरणले पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइनमा बसी जाँच गरेपछि मात्र घर जान पनि अनुरोध गरेको छ भे आज नेपाल आउन ट्रान्जिटमा रहेकाहरुले अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टाइनमा बसी परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ। युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावतमा यसअघिनै रोक लगाएको छ ।