शुक्रबार, चैत्र १६, २०८०

नेकपा राजनिती :ओली नेतृत्व नेकपाको महाधिवेशन मंसिर २ देखि ६ सम्म गर्ने निर्णय

प्रवक्ताको जिम्मेबारी ज्ञवालीलाई ,मौजदा ४४६ जना केन्द्रीय समिति विस्तार गर्दै १ हजार ३ सदस्यीय  बनाईए

पार्टी अध्यक्षको जिम्मेवारी नेपाललाइ, महरालाई स्थायी कमिटीको सदस्यमा चयन

ओली विरुद्ध अनुसासनको कारवाही, उपाध्यक्ष गौतम र सचिवालय सदस्य थापा मध्यमार्गी धारमा  

काठमाडौं पुस ७
सत्तारुढ नेपाल कम्युनिष्ट पाटीको मंगलबार बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरको छ । त्यस्तै बैठकले पार्टी प्रवक्तामा प्रदीप ज्ञवालीलाई लिने निर्णय गरेको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठले पाटीको निर्णय र मान्यता विपरीतका काम कारवाही गरेका कारण निजलाइइ कारवाही गर्दै ज्ञवालीलाइ पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको मुलुकका प्रम समेत रहेका केपी ओली नेतृत्वको नेकपाले जनाएको छ । त्यस्तै बैठकले पार्टीको मौजदा ४४६ जना केन्द्रीय समिति विस्तार गर्दै १हजार ३ सदस्यीय केन्द्रीय कमिटी बनाईएको छ।

यसैवीच प्रचण्ड–माधव नेपाल नेतृत्वको नकपाको आज बसेको अर्को केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्षको जिम्मेवारी दिनुको अलावा कृष्णबहादुर महरालाई स्थायी कमिटीको सदस्यमा चयन गरेको छ ।

बैठकपछि नेकपाका नेता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार केपी ओलीले संविधानले नदिएको अधिकार प्रयोग गर्दै स्वेच्छाचारी रुपमा मौजुदा प्रतिनिधिसभा विघटन गर्दै मुलुकमा अराजक स्थिती सिर्जना गरेको मात्र नभइ पार्टीलाई चौइटाउन खोजेको ठहर समेत गरेको जानकारी दिनुभएको छ ।

त्यस्तै बैठकले यसअघि पार्टी अध्यक्ष रहेका केपी ओलीलाई अनसारसनको कारवाही गर्दै निजले सम्हाल्दै आएको सवै जिम्मेवारी विहिन तुल्याएको जानकारी दिनु भएको छ । साथै नेता श्रेष्ठले आजको बैठकमा बैठकमा प्रचण्ड , माधवकुमार नेपाल र झलनाथ खनाल सहित ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको पार्टाीको अर्को बैठक पुस ९ गते ११ ३० बजे बस्ने समेत बताउनभयो । त्यस्तै नेकपाका उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा ‘बादलले भने दुवै समुहमा सहभागी नभइ अन्तिम समयसम्म पार्टी एकताको पक्षमा दृढ रहने जनाउ सहित मध्यमार्गी धारमा बसेका छन ।