काठमाडौं पुस ६,
प्रधानमनत्री केपी ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटन गरी वैशाख १६ र २७ गतेका लागि निर्वाचनको मिति तोकेसंगै संसद विघटन पछि मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रम ओलीले अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेको जानकारी दिएका छन ।