मङ्लबार, बैशाख २५, २०८१

भारतीय विदेश सचिव फर्के लगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्ताका लागि चिनियाँ रक्षामन्त्री फेङहे काठमाडौंमा

काठमाडौं मंसिर १४,
भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे आइतबार विहान नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका क्षामन्त्री वेइ फेङ्हे नेपाल बसाइको क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको र त्यसलगत्तै आजै काठमाडौंबाट फिर्ता हुने बुझिएको छ ।

 यसैवीच भारतीय विदेश सचिव नेपाल भ्रमणको केहि समयपछि नै भएको चिनियाँ रक्षामन्त्रीको नेपाल आगमन आफैमा अर्थपूर्ण रहेको परराष्ट मामिलाका जानकारहरुले बताएका छ।

यसैवीच चीनका रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताउँदै भ्रमण परिणाममुखी हुनेमा आफु विश्वस्त रहेको बताउनुभएकोछ ।

उहाँलाइ विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागत गर्नु भएको थियो ।  प्राप्त जानकारी अनुसार चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जाने र केहीबेर आराम गरेपछि औपचारिक भेटवार्ताका लागि निस्किने कार्यक्रम रहेको थाहा भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031