शुक्रबार, बैशाख ७, २०८१

नेउवा महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित ,वस्तुगत र जिल्ला नगरको उपाध्यक्ष प्रधान समुहको पोल्टामा

काठमाडौं मंसिर १४,
नेपाल उद्योग वाणिज्य महासंघको शनिवार सम्पन्न निर्वाचनबाट बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालले निकटम प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्दै विजयी भएका छन् । विजयी भएका ढकालले एशोसियट, वस्तुगत र जिल्ला नगरमा अग्रता कायम गर्दै निर्वाचित भएको हो ।

निर्वाचन समितिबाट प्राप्त जानकारी अनुसार एशोसियट, वस्तुगत र जिल्ला नगरको क्रमस ३० प्रतिशत ,२० प्रतिशत र ५० प्रतिशत मतभार कायम भएकोमा ढकालले  एशोसियटमा ५ सय २२ मत प्राप्त गर्दै गर्दा प्रधानले ३ सय ७५ मत , वस्तुगतमा ५९ मत प्राप्त गर्दै गर्दा प्रधानले ३९ मत र जिल्ला नगरबाट ढकालले ५२ मत र प्रधानले ५३ मत प्राप्त गरेको बुझिएको छ ।

त्यस्तै एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाईले ४ सय ५५ मत प्राप्त गर्दै विजयी भएका छन् । संघाइले सौरभ ज्योतिलाई पराजित गरेको हो ।त्यस्तै जिल्ला नगरको उपाध्यक्षमा प्रधान समुहका दिनेश श्रेष्ठले ढकाल समुहका गुणनिधी तिवारीलाइ पराजित गरेका छन भने वस्तुगत तर्फपनि प्रधान समुहकै अन्जन श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले ढकाल समुहका उमेशलाल प्रधानलाई पराजित गरेको हो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031