मङ्लबार, बैशाख १८, २०८१

नेकपाको झगडामा राष्ट्रपति र चिनियाँ राजदूतको हस्तक्षेपको चौतर्फी निन्दा

डा.भट्टराईले भने-ओलीलाई हटाउनै पर्छ

काठमाडौ मंसिर ३,
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई हटाउनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधवार ट्वीटरमार्फत् सरकारको असफलता र भ्रष्टाचारबारे आफ्नै पार्टीबाट प्रश्न उठेको भन्दै ओलीलाई हटाउनैपर्ने बताएको हो ।

सत्तारुढदल नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले शुक्रबारको नेकपा सचिवालय बैठकमा ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।

 

यस्तै भट्टराईले नेकपाको झगडामा राष्ट्रपति र नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले हस्तक्षेप गर्न खोजेको भन्दै त्यसो गर्न नमिल्ने ट्वीटमा उल्लेख गरेकाछन ।