बिहिबार, कार्तिक ४, २०७८

विप्लवको कार्यकर्ता हौं भन्दै व्यवसायीलाइ फोनबाट धम्कयाई ३ करोड माग गर्नेहरु पक्राउ

काठमाडौं मंसिर ३,
महानगरीय अपराध महाशाखाले काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा बस्ने व्यवसायीहरुलाई फोन गरी नेकपा माओवादी, विप्लव समूहको पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौ भन्दै फोनबाट धम्कयाई आपराधिक लाभ लिन खोजेको अभियोगमा सोमबार प्रहरीले चार जनालाइ  पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेहरुमा क्रमस नुबाकोट ककनी गाउँपालिका २ का ३३ वर्षीय बिन्तोष सिलवाल [सुनार], रामेछाप सुनापती गाउँपालिका ३ का ३१ वर्षीय रामदल श्रेष्ठ[अटल], काभ्रे तिमाल गाउँपालिका ५ का ५२ वर्षीय तिर्थमान तामाङ र चितवन भरतपुर महानगरपालिका १३ ठेगाना भएका ४२ वर्षीय नन्दुराज आचार्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेको अभियुक्तहरुले ३ करोड चन्दा माग गरेको तथा माग बमोजिम चन्दा नदिएमा भौतिक कारवाही समेत गर्ने धम्की दिँदै व्यवसायीहरुको कार्यरत र वसोबास गर्ने स्थानमा निगरानी गरी जबरजस्ती रकम माग गरेको जनाएकोछ । साथै प्रहरीले अभियुक्तहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031