मङ्लबार, बैशाख १८, २०८१

पश्चिमी वायुको प्रभाव :आगामी ३ दिन उपत्यका सहित देशको अधिकांश स्थानमा बदली सहितको वर्षा

काठमाडौं मंसिर १,

जल तथा मौसम विज्ञान विभागद्दारा आज जारी एक विशेष बुलेटिनमार्फत पश्चिमी वायुको प्रभावले आगामी ३ दिन  काठमाडौं उपत्यका सहित देशको अधिकांश स्थानमा बदली सहितको वर्षा हुने जनाएको छ ।

त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हिमपातको सम्भावना समेत औल्याएको विभागको बुलेटिनमा हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको जनाएको छ ।

त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानहरुलगायत गण्डकी, बागमती र प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाउदै मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको जनाएको छ ।