शनिबार, बैशाख ८, २०८१

देशभर थप ११९७ जना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं मंसिर १,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको कोभिड संक्रमण परीक्षणको क्रममा थप ११९७ जना सङ्क्रमित थपिएसंगै कुल संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ३ सय ७९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आजै २ हजार ९३४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएसंगै सङ्क्रमणमुक्त हुनेको सख्या १ लाख ७६ हजार ३ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ जना कोभिड सङ्क्रमितको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या एक हजार २३० पुगेको जनाएको छ ।