काठमाडौं कार्तिक २६,
सरकारले कोभिड १९ को लक्षण र चिन्ह भएका व्यक्तिको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशुल्क गर्ने भएको छ। साथै उपचार लिने व्यक्तिको कोभिड वीमा भएको भए परीक्षण र उपचार खर्च बीमा बापत पाउने रकमबाट कटाइने भएको छ।
मन्त्रालयले आजको कोभिड मिडिया व्रिफिङ्गमा गत १५ असोजमा सर्बोच्चले परीक्षण र उपचार निशुल्क गर्नुपर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश जारी गरेको थियो । सोही आदेश अनुरुप गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले निर्णयको आधारमा मन्त्रालयले लक्षण र चिन्ह देखिएका व्यक्तिको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा नि:शुल्क हुने जनाउ दिएको हो ।
गत ३० भदौमा सरकारले गरीव तथा विपन्न, असाहय, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको परीक्षण र उपचार मात्रै निशुल्क गर्ने गरेसंगै सरकारको चौतर्फी आलोचना भएको थियो ।