काठमाडौमा मात्र १६ हजार ६८६ जना संक्रिय संक्रमित
काठमाडौँ कार्तिक २५,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ९ सय ६० जनाको पीसीआर परिीक्षणको क्रममा थप २ हजार ७ सय ३६ जना कोभिड संक्रमित थपिएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० सय पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी मन्त्रालयले देशभर थप ८ सय ५३ जना कोभिड संक्रमित उपचार पछि डिस्चाजृभएसंगै डिस्चार्ज हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।
त्यस्तै संक्रमणका कारण थप २२ जना विरामीको मृत्युभएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ ।यसैवीच आज पहिचान भएका संक्रमित मध्ये काठमाडौ उपत्यकामा थप १ हजा ४२० जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये काठमाडौमा १ हजार १४१ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा १९३ जना संक्रमित थपिएको जनाएकोछ ।
साथै मन्त्रालयले संक्रिय संक्रमित मध्ये त्यसमा काठमाडौमा १६ हजार ६८६ जना, भक्तपुरमा १ हजार २२४ जना र ललितपुरमा २ हजार ३५० जना रहेका जनाएको छन् ।