मङ्लबार, बैशाख २५, २०८१

महासंघले ३ ठुला सञ्चार गृहमा २६ गतेबाट आन्दोलनको विगुल फुक्ने

काठमाडौं कार्तिक २०,

नेपाल पत्रकार महासंघले कात्तिक २६ गते तीन वटा सञ्चार गृहमा कालो ब्यानर टाँसेर धर्ना दिने भएको छ ।
कोभिड महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुर्नवहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पाँच दिने अल्टिमेटम दिँदै महासंघले ती सञ्चार गृहमा बिहीबार पत्र पठाएको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा रहेको उच्चस्तरिय समितिको निर्णय बमोजिम पत्राचार गरिएका सञ्चारगृहमा क्रमस अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रालि र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन प्रालि रहेको छ।

त्यस्तै महासंघले पटक–पटक लिखित र मौखिक पत्र तथा वार्ताबाट महासंघले गरेको आग्रह बमोजिम श्रम समस्या हल अझै हल नगरेकाले ५ दिनभित्र माग सम्बोधन नगरे पहिलो चरणको आन्दोलन थाल्ने जनाएकोछ ।

साथै ५ दिनभित्र सम्बद्ध सञ्चार गृहको व्यवस्थापनले आन्तरिक रुपमै समस्या सम्बोधन गरी महासंघलाई आन्दोलन जानबाट रोक्ने विश्वासका साथ पत्राचार गरिएको महासंघका सचिव रामप्रसाद दाहालले बताए । दाहालका अनुसार, माग पुरा नभए महासंघको नेतृत्वकै अगुवाईमा हुने पहिलो चरणको आन्दोलन सम्पन्न गरी दोस्रो चरणमा सम्बद्ध सञ्चार गृहका सञ्चालको निवास घेराउ र त्यतिले पनि नभए तेस्रो चरणमा पिडीत सञ्चारकर्मीलाई सत्याग्रहमा राख्नेबारे महासंघ छलफल चलाएको जनाउदै  २६ गते हुने आन्दोलनको तयारी थाल्न महासंघले सम्बद्ध मिडिया प्रतिष्ठानमा रहेका महासंघका शाखालाई निर्देशन समेत दिइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031