शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका १३९८ सहित देशभर थप ३ हजार ५१ जनामा कोभिड संक्रमण, थप १८को मृत्यु

काठमाडौं कार्तिक २०,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा गरिएको १३ हजार ६८ जनाको पीसीआर परीक्षणका क्रममा थप ३ हजार ५१ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ सय पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी देशभर थप ३ हजार ४ सय ३० जना कोभिड संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुत्त हुनेको संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ ।

त्यस्तैगरि क्वारेन्टिमा रहनेो सख्या १ हजार २ सय ३२ छभने होम आइसोलेसनमा २९ हजार ५ सय ७४जना रहेका छन् । साथै आइसीयुमा ४ सय २८ र भेन्टीलेटरमा ७४ जना उपचार भइरहेको मन्त्तालयले जनाएको छ त्यस्तैगरि देशभर थप १८ जना संक्रमितको मृत्युभएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ ।

यसैवीच आज पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकामा थप १३९८ जनामा संक्रमण पुष्टिभएको छ। यसमध्ये काठमाडौमा १ हजार ९१ जना, भक्तपुरमा १४७ जना र ललितपुरमा १६० जना थपिएको मन्त्रालयले जनाएको छ ।