सोमवार, बैशाख १७, २०८१

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख कार्यालयद्धारा पुनः आह्वान

एकीकृत समाजवादीको घुर्किपछि रञ्जिता हिस्स

 काठमाडौं बैशाख ४,
सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले १६८ २ अनुसार नै मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान गरेका छन् । यसअघि सरकार गठनको लागि गरिएको आव्हानको क्रममा नागरिक उन्मुक्तिका दुई जना लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले बेग्लाबेग्लै दावी प्रस्तुत भएसंगै एउटै दलका दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको प्रदेश प्रमुख कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअघि एकीकृत समाजवादी, कांग्रेस र राप्रपाको समर्थन जुटाएर मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षधर प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले बहुमत सांसदको समर्थन रहेको दाबीसहित दाबी पेस गरेका थिए ।  त्यस्तै एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदसहित नागरिक उन्मुक्तिकै रञ्जिता श्रेष्ठ पक्षधर सांसद कैलाश चौधरीले पनि दाबी पेस गरेका थिए ।  प्रदेश प्रमुख कार्यालयद्धारा तीन दिने समयसिमा सहित आज जारी सरकार गठनको आह्वानपत्रमा अवको तीन दिनमा सरकार गठनको लागि दावी पेश गर्न भनेको छ।

यसवीचमा केन्द्रीय सत्ता गठबन्धन आवद्ध एकीकृत समाजवादीले सुदूरपश्चिममा मुख्यमन्त्रीको दावी गरेपनि माओवादी र नेकपा एमालेले उक्त दावी अस्वीकार गर्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ समूहका कैलाश चौधरीलाई दाबी पेस गर्न लगाएक थिए। त्यसपछि सहमति अनुरुप आफ्नोमाग समबोधन नभएकाभन्दै एकीकृत समाजवादीले रेशम चौधरी पक्षधर प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीलाइ समर्थन गर्दै मौजुदा सत्ता गठबन्धमा विद्रोह गरेपछि सत्तारुढ दलका शीर्ष नेताहरुबीच मंगलबार सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन सहमत भएको हो ।

शिर्ष नेतृत्वको सहमति संगै एकीकृत समाजवादीले चौधरीका लागि गरेको समर्थनबाटपछि हट्दै लक्ष्मण किशोर चौधरीलाई दिइएको समर्थन फिर्ता लिइएको पत्र प्रदेश प्रमुखसमक्ष पेस गरेको हो ।  अवको चरणमा केन्द्रीय सत्ता गठबन्धनअनुसार एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको छ।