मङ्लबार, बैशाख १८, २०८१

लोसपा सरकारबाट बाहिरियो, मुख्यमन्त्री यादवलाइ विस्वासको मत नदिने

काठमाडौं बैशाख ४,
मधेश प्रदेशको सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी बाहिरिएको छ । लोसपाबाट वन तथा वातावरण मन्त्री रहेका रमेशप्रसाद कुर्मीले आज आफ्नो पदबाट राजीनामा दिदै मुख्यमन्त्री सरोजकुमार यादवको काम गर्ने प्रवृति सन्तोष जनक नभएको जनाउ सहित विस्वासको मत समेत नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक प्रदेशसभाबाट विश्वासको मत लिँने तयारी गर्दैगर्दा लोसपा सरकारबाट वाहिरिएको हो । १ सय ७ सदस्यीय मधेश प्रदेशमा लोसपाका ९ सांसद रहेका छन ।   त्यस्तै मधेश प्रदेशमा सरकार बनाउन आवश्यक बहुमत संख्या ५४ हो । यसवीचमा मुख्यमन्त्री यादवसँग एमाले माओवादी जसपा र समाजवादी गरि ५९ सांसदको समर्थन कायम रहेको छ ।