बिहिबार, जेष्ठ ३, २०८१

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं चैत २७,
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी मुख्यालयले जनाएको छ।  सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभामा विरोध गर्दै आएको छ ।

यसअघि काँग्रेसले गत चैत २१ गते बसेको प्रतिनिधिसभाको बैठकमा ‘आउँदो बैठकमा आउँदै गर्दा सरकारले संसदीय छानबिन समिति लिएर आओस्,’ ‘हामी त्यो कुरा भन्दा दायाँ बायाँ उभिनेवाला छैनौँ अवको बैठकमा पनि सरकारको रवैया सन्तोष जनक नभए बैठक पूर्ण अवरुद्ध हुने विषयमा दिएको चेतावनी अनुरुप आजको बैठकले संसद बैठकमा प्रस्तुत हुने तयारी सहितको कार्ययोजना बनाउँने थाहा भएको छ।

आज बस्ने संसद् बैठकमा उनै सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।