बिहिबार, जेष्ठ ३, २०८१

सभामुखसहित प्रमुख चार दलको बैठक निष्कर्ष विहिन

काठमाडौं चैत २६,
संसद बैठकमा सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग सहित प्रमुख प्रतिपक्षी दल काँग्रेसले उठाउँदै आएको मुद्धा केन्द्रीत बैठक विना निष्कर्ष टुंगिएको छ ।

सभामुख देवराज घिमिरेले संसद्‍मा जारी अवरोध अन्त्यका लागि   आज प्रधानमन्त्री प्रचण्ड सहित प्रमुख चार दलका शीर्ष नेतावीच  बैठक आव्हान गर्नुभएको हो ।  बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने आफ्नो माग कायमै रहने अडान सहित संसदीय समिति नबनाए मंगलवारको संसद् बैठक चल्न नदिने बताएको छ ।

 कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यसअघिको बैठकमा हामीले सालिन रुपमा मागको उठान गर्यौ तर सरकारले सुनवाइ गरेन अवको बैठकमा सरकार कसरी प्रस्तुत हुन्छ त्यही अनुसार आफूहरू अघि बढ्ने जानकारी दिनुभयो ।

तर सत्तारूढ दलका नेताले भने समिति गठन आवश्यक नभएको भन्दै संसद्लाइ बन्धक बनाउन नहुने बैठक सुचारु गर्न काँग्रेस सकारात्मक हुनुपर्नेमा अडिग रहेका कारण आजको बैठक विना निषर्ष टुंगिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु