बिहिबार, जेष्ठ ३, २०८१

बैशाख १५ को उपनिर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशनसंगै चुनाव चिह्न समेत दिइदैं

काठमाडौं चैत २७,
निर्वाचन आयोगले आगामी बैशाख १५  मा सम्पन्न हुने उपनिर्वाचन प्रयोजनका लागि आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समयसंगै गत शनिवार दर्ता भएको उम्मेदवारी मनोनयनको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

 वैशाख १५ गते इलाम २ र बझाङ १ [१]मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ [१]मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्

त्यस्तै आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै आजै साँझ ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न समेत प्रदान गर्ने तयारी रहेको जनाएको छ।