बिहिबार, जेष्ठ ३, २०८१

संसदीय छानबिन समिति गठन नभए संसद बैठक अवरुद्ध गर्ने काँग्रेसको चेतावनी

 प्रतिनिधिसभाको बैठक सुचारु हुन नसके अधिवेशन नै अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं चैत २७,

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन बानेश्वरमा बस्दैछ । संसद् सचिवालयले आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची संगै  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यद्यपी आजको बैठकमा संभावित कार्यसूचीमा प्रवेश गर्ने संभावना निकै कम रहेको छ । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले त्यसका लागि संसदीय छानबिन समिति गठन नभए आजको बैठक अवरुद्ध गर्ने चेतावनी यसअघिनै दिएको थियो ।

कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले गत चैत २१ गते बसेको प्रतिनिधिसभाको बैठकमा ‘आउँदो बैठकमा आउँदै गर्दा सरकारले संसदीय छानबिन समिति लिएर आओस्,’ ‘हामी त्यो कुरा भन्दा दायाँ बायाँ उभिनेवाला छैनौँ अवको बैठकमा पनि सरकारको रवैया सन्तोष जनक नभए बैठक पूर्ण अवरुद्ध हुने चेतावनी दिनुभएको हो ।

त्यस्तै सभामुख देवराज घिमिरेले प्रतिपक्षीदल काँग्रेसले उठान गर्दै आइरहेको माग सम्बोधनसंगै बैठक सूचारुका लागि प्रमुख दलहरुबीच संसद्को अवरोध हटाउने विषयमा सहमति जुटाउन सोमवार छलफल गरेपनि छलफल निर्णयक बन्न नसकेपछि आजको बैठक अवरुद्ध हुने प्रवल संभावना बढेको छ। काँग्रेस सम्वद्ध स्रोतका अनुसार गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने बताउँदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उनलाई आजको बैठकमा रोष्टममा जान नदिने रणनिति को अख्तियारीमा रहेको छ ।  यता संसद् बैठक सहज बनाउने पक्षमा सरकार असफल बनेसंगै अधिवेशन नै अन्त्य गर्ने मानसिकता समेत बनाएको देखिन्छ ।