बिहिबार, जेष्ठ ३, २०८१

आज काठमाडौंमा शक्तिपीठको पूजन सहित पाहाँ चःह्रे पर्व मनाइदैं

  काठमाडौं चैत २५ ,

आज काठमाडौंमा नेवार समुदायले मनाउँने एक ऐतिहासिक पर्व अर्थात पाहाँ चःह्रे पर्व शक्तिपीठबाट निकालिएका देवीदेवताको खटजात्रा हर्षोल्लासपूर्वक ३ दिनसम्म मनाइदैछ ।

प्रस्तुत पर्व अन्र्तगत पहिलो दिनबाट पाहुनालाई स्वागत सत्कार गरी यो पर्व सुरु गरिन्छ भने त्यस्तै यसैदिनदेखि विभिन्न शक्तिपीठका देवीदेवतालाई खटमा राखी जात्रा आरम्भ गर्ने गरिन्छ ।

यसक्रममा साँझ भष्मासुरको डरले लुकेर बसेका महादेवलाई महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गरिन्छ । यस पर्वमा घर घरमा विभिन्न परम्परागत परिकार बनाइ खाने गरिन्छ ।

त्यस्तै आज कामपा वडा न १९ स्थित पाहाँचह्रे लिङ्गो उठाएसंगै कंकेश्वरीदेवी लगायत शक्तिपीठबाट निकालिएका देवीदेवता स्वेतकाली, लुमधि अजिमा,भद्रकालीको खटजात्रा संगै बाँकी विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ ।

त्यस्तै पर्वको दोस्रो दिन टुँडीखेलमा घोडेजात्रा गर्ने गरिन्छ भने टोलटोलमा २ वर्षसम्मका बालबालिकालाई मरःजा अर्थात् शुद्ध भात खुवाइने प्रचलन रहिआएको छ । साथै कामपा वडा न १९ स्थित कंकेश्वरी मन्दिर परिसरमा आजै पाहाँचर्‍हे लिङगो समेत उठाइन्छ ।

पाहाँ चःह्रे जात्राको सवामा प्राप्त जानकारी आुसार बच्छलेश्वरी देवीले आफ्ना मातृका छोरीहरूलाई पाँहा चःह्रेको निम्तो पठाउनका लागि कृष्ण,अष्टमी अर्थात् शीतलाष्टमीका दिन पशुपति महादेवको प्रतिमूर्तिलाई सानो खटमा राखी दुरुं च्यां च्या जात्रा अर्थात् पशुपति महादेवको जात्रा गरिने गर्दछ।

 पशुपति महादेवको प्रतिमूर्ति जात्रा पाशुपत क्षेत्रबाट काठमाडौँको भित्री सहरको पुरानो टोलहरू [जमल,असन, इन्द्रचोक, हनुमान द्वोखा,मरु,लगन, नरदेवीमा ] परिक्रमा गराई पुनः ग्वलः देय् पाशुपत क्षेत्रमा पुगेर जात्रा समापन भएको एकसाता पछि चैत कृष्ण चतुर्दशी अर्थात्‌ पिचास चतुर्दशीका दिन उपत्यकामा पाहाँ चःह्रे जात्रा मनाइने प्रचलन रहिआएको छ ।