बिहिबार, जेष्ठ ३, २०८१

प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन: इलाम २ मा २० जनाको उम्मेदवारी दर्ता

काठमाडौं चैत २५,
आसन्न इलाम- २ मा वैशाख १५ मा हुन लागेको उप९निर्वाचनका लागि नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी सहितका २० उम्मेद्वारले आज आआफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेको तर्फबाट सुहाङ नेम्वाङ , नेपाली काँग्रेसको तर्फबाट अघिल्लो निर्वाचनमा पनि एमालेसँग झिनोमतान्तरमा पराजित डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारिता क्षेत्रमा रहेका आफ्ना उम्मेद्वार मिलनकुमार लिम्बू , मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेशनलका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट जीतबहादुर राई र किराँत लिम्बूवान क्षेत्रका लागि पहिचान पक्षधरको रुपमा आफूलाई स्थापित गराउँदै आएक डकेन्द्रसिंह लिम्बू ले पनि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको छ।

यस्तोछ उम्मेदवारी दर्ताका विस्तृत विवरण :

त्यस्तै जनमत पार्टीका प्रेमदिप लिम्बू, जयवन्त विक्रम साह राष्ट्रिय मुक्ति आन्दोलन, अर्जुनकुमार साही स्वतन्त्र, केशवकुमार चापागाईं स्वतन्त्र, गणेशबहादुर चौहान राप्रपा नेपाल, दिपेश बोहोरा स्वतन्त्र, योगेन्द्र गुरुङ स्वतन्त्र, राज वश्याल स्वतन्त्र, रेशमबहादुर सुनार नेपाली जनता दलले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।