बिहिबार, जेष्ठ ३, २०८१

प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी दर्ता

 काठमाडौं चैत २५,

प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त रहेको बझाङ १ [१] मा २०८१ वैशाख १५ गते हुन उपनिर्वाचन लागि आज भएको मनोनय दर्ताको क्रममा १२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी [एमाले] बाट दमनबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र]बाट जनकबहादुर बुढा, नेपाल कम्युनिष्ट पार्टी [एकीकृत समाजवादी]बाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर जाग्री छन् ।

त्यस्तै राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, सङ्घीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगर , अनुसार जनमत पार्टीबाट सुशीला विष्ट, नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ।