बिहिबार, जेष्ठ ३, २०८१

वाइडबडी विमान खरिदमा भ्रष्टाचार: पूर्व मन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं चैत २२,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शङ्कर अधिकारीलगायत ३२ जना विरुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको हो।

यस्तो छ आयोगले दायर मुद्धाको पूर्णपाठ

नेपाल वायुसेवा निगमका महाप्रबन्धकसमेतको मिलेमतोमा वाइडबडी जहाज खरिद मा भएको अनियमितताको छानबिनको क्रममा आयोगले १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर गरेको  छ।  आयोगले मुदा दायर गरेका हरुमा क्रमस शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडी लगायतलाइ प्रतिवादी बनाएको छ।